बुटवल । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत रुपन्देही ३ (क) को मतगणना स्थलमा विवाद चर्किएपछि क्षेत्रीय सचिव पदका उम्मेदवारमाथि कुटपिट भएको छ ।
मतगणना स्थलमा संस्थापन शेरबहादुर देउवा पक्ष र रामचन्द्र पौडेल पक्षधरबीच विवाद हुँदा झडप भएको हाे । घटना हुँदा कम्तिमा पाँच जना घाइते भएका छन्।
आक्रमणबाट घाइतेमध्ये क्षेत्रीय सचिवको उम्मेदवार तथा नेविसंघ रुपन्देहीका पूर्वअध्यक्ष शैलेश पन्तकाे अवस्था गम्भीर छ । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। पन्तको नाकमा गहिराे चाेटसहित नाकको डाँडी भाँचिएको छ ।
घाइते अन्यको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ। आक्रमण भएपछि मतगणाना स्थगित भएको छ।
प्रदेश ३ ‘क’ को निर्वाचनमा पौडेल पक्षबाट सभापतिमा पुरणप्रसाद श्रेष्ठ र संस्थापनबाट सुरेन्द्रजंग थापा उमेदवार छन् । सभापतिमा पौडेल पक्षले नेतृत्व गरेपछि संस्थापन पक्षले आक्रमण गरेकाे बताइएकाे छ ।