• मंसिर १५ २०८१, शनिबार

पाकिस्तानी महिला सांसदको अश्लील भिडियो भाइरल, भिडियो सार्वजनिक गर्ने व्यक्ति पक्राउ

मंसिर ३ २०७८, शुक्रबार

काठमाडौं । एक पाकिस्तानी महिला सांसदको गोप्य भिडियो सार्वजनिक भएपछि त्यहाँ एक किसिमको तहल्का मच्चिएको छ ।

पञ्जाब प्रान्तकी एक महिला नेताको अश्लील भिडियो अहिले भाइरल भइरहेको छ। यी महिला नेताको नाम सानिया आशिक हो। उनी तक्षशिला विधान सभा क्षेत्रका विधायक हुन् ।

सानियाले भिडिओबारे गत अक्टोबर २६ मा सरकार र केन्द्रीय अनुसन्धान एजेन्सीमा उजुरी दिएकी थिइन् । लामो अनुसन्धानपछि प्रहरीले अश्लील सार्वजनिक गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । तर यस विषयमा एजेन्सीले अहिलेसम्म कुनै प्रति क्रिया दिएको छैन । गत अक्टोबर २६ मा सानिया आशिकले संघीय अनुसन्धान एजेन्सी एफआईए मा उजुरी दिएकी थिइन् । पछि यसको प्रतिलिपि आफ्नो सामाजिक सञ्जालमा पनि सार्वजनिक गरिन् ।

सानियाले सामाजिक सञ्जालमा केही दिनदेखि त्यस्तो किसिमको अश्लील भाइरल भइरहेको आरोप लगाएकी छन्। त्यसमा देखिएकी महिला सोनिया जस्तै छिन् र उनी सानिया आशिक नै भएको दाबी सामाजिक सञ्जालमा गरिएको छ ।

उजुरीपछि पञ्जाब प्रान्तको पुलिस र एफआईएले अनुसन्धान सुरु गरेका छन्। करिब तीन हप्तासम्मको अनुसन्धानपछि एफआईएले लाहोरबाट एक व्यक्तिलाई पक्राउ गरेको हो । एजेन्सी