• मंसिर १५ २०८१, शनिबार

प्रहरीले कानुन व्यवसायीमाथि धरपकड गरेको विरोधमा आइतबार देशभरका अदालतमा बहस नगर्ने

मंसिर ३ २०७८, शुक्रबार

काठमाडौं । नेपाल बार एसोसिएसनले आइतबार देशभरका अदालतमा बहस पैरवी नगर्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतमा हतियारसहितका दंगा प्रहरी परिचालन गरेर कानुन व्यवसायीमाथि धरपकड भएको भन्दै आज(शुक्रबार) साँझ बसेको नेपाल बारको कार्यसमिति बैठकले त्यसको विरोधमा बहस पैरवी नगर्ने निर्णय गरेको बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कात्तिक १४ देखि आन्दोलनमा उत्रिएका कानुन व्यवसायीले पछिल्लो समय जबरालाई सर्वोच्च अदालतमा प्रवेशमा रोक लगाउने भन्दै गेटमा धर्ना दिँदै आएका छन् ।

सोहीक्रममा बिहीबार र शुक्रबार प्रहरीले धरपकड गर्दा केही कानुन व्यवसायी घाइते भएका थिए । त्यसैको विरोधमा बारले देशभर एक दिन बहस पैरवी नगर्ने निर्णय गरेको हो ।