काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले नेपाल बार एशोसिएशनलाई पत्र पठाएका छन् । उनले पत्रमा वार्ताका लागि आह्वान गरेका छन् ।
बारका एक अधिकारीका अनुसार प्रधान्यायाधीशले वर्तमान समस्याको निकासका लागि तयार रहेको भन्दै बारलाई पत्र पठाएका हुन्। बारको जारी बैठकमा अध्यक्ष चन्डेश्वर श्रेष्ठले उक्त पत्र वाचन गरेका थिए।
नेपाल बार एशोसिएशनले प्रधान्यायाधीश जबराको राजीनामा माग गर्दै विभिन्न चरणको आन्दोलन गर्दै आइरहेको छ भने आज प्रधानन्यायाधीशको पत्र प्राप्त गरेपछि बारको कार्यसमिति बैठकमा सो पत्रबारे छलफल भइरहेको जनाइएको छ ।