काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बिहीबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ कायम भएको छ ।
यसैगरी शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।