काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध आन्दोलनरत कानुन व्यवसायीहरुले ले शुक्रबार पनि विरोध कार्यक्रमलाई निरन्तरता दिएका छन्।
आज सुरक्षाकर्मीले सर्वोच्च परिसरमा प्रवेश गर्न नदिएकाले बारको परिसरमै उनीहरुले नाराबाजी र प्रदर्शन गरिरहेका छन् । सर्वोच्च अदालत प्रवेश गर्ने सवै प्रवेशद्वारहरुमा सुरक्षाकर्मी तैनाथ छन् भने कानुन ब्यावसायीहरुलाई पनि प्रहरीले निश्चित घेराभित्र बस्न भनेको छ ।
हिजो प्रदर्शनकारी वकिलहरुको प्रहरीसँग झडप भएपछि आज सुरक्षा ब्यवस्था झन कडा बनाइएको हो । प्रधान न्यायाधीश राणाको राजीनामाको मागका कारण तीन सातादेखि सर्वोच्च अदालतमा मुद्धा हेर्ने काम ठप्प रहेको छ ।