काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को यही मंसिर ११ देखि १३ गतेसम्म हुने भनिएको एकता महाधिवेशन धकेलिएर मंसिर १६ देखि १८ गतेसम्म काठमाडौँमा एकता महाधिवेशन गर्ने भएको छ ।
उक्त अधिवेशन कार्यसूचीअनुसार कार्य सम्पन्न हुन नसकेपछि पार्टीको निर्वाचन समितिको आज बसेको बैठकले अधिवेशन केही दिन पर सारेको पार्टीका वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिए ।
अहिलेसम्म ७६ जिल्लामा अधिवेशन सम्पन्न भएको छ भने एकलाख ४१ हजार सक्रिय सदस्यको नामावली अभिलेख गरिएको छ । सक्रिय सदस्य थप हुनेक्रम जारी रहेको छ ।