• मंसिर १५ २०८१, शनिबार

कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल, दुई जना घाइते

मंसिर २ २०७८, बिहीबार

काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलमा उत्रिएको नेपाल बार एशोसिएसन, कानुनव्यवसायी र प्रहरीबीच धकेलाधकेल भएको छ। बिहीबार प्रधानन्यायाधीश छिर्ने अर्को गेटमा प्रदर्शनकारी जाने क्रममा प्रहरीले रोक्दा धकेलाधेकेल भएको हो ।

बिहान साढे १० बजे प्रधानन्यायाधीश छिर्ने गेटतर्फ अगाडि बढेका कानुन व्यवसायीलाई प्रहरीले रोकेको थियो । धकेलाधकेलमा दुई जना कानुन व्यवसायी घाइते भएका छन् ।