• मंसिर १५ २०८१, शनिबार

देउवाको गृहजिल्लाका कार्यकर्ताले थाले सानेपामा अनशन

मंसिर १ २०७८, बुधबार

काठमाडौँ। नेपाली कांग्रेस डडेल्धुराका नेता तथा कार्यकर्ताले काठमाडौंको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा अनशन सुरु गरेका छन्।

कांग्रेसका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका सभापति कर्णबहादुर मल्लसहितको समूहले सानेपामा बुधबारदेखि अनशन सुरु गरेको हो।

हटाइएका क्रियाशील सदस्यता कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, कथित अवैधानिक वडा तथा पालिका अधिवेशन बदर गर्नुपर्ने र वैधानिक रूपमा वडा तथा पालिका अधिवेशनको मिति तय गर्नुपर्नेलगायत मागहरू अघि सारेर आफूहरू रिले अनशनमा बसेको जिल्ला सभापति मल्लले जानकारी दिए।