डोटी । डोटीमा एक दम्पतीले घरनजिकै झुण्डिएर मृत अवस्थामा भेटिएका छन् ।
जिल्लाको शिखर नगरपालिका-१ का २२ बर्षीय डिल्लीराज भट्ट र उनकी पत्नी २० वर्षीया पशुपति भट्ट मंगलबार साँझ घरभन्दा तल रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
दुबैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय डोटीका सहायक प्रवक्ता प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए ।
स्थानीयका अनुसार यो दम्पतिले एक वर्षअघि प्रेम विवाह गरेको थियो । आत्महत्याको कारण खुल्न नसकेको प्रहरी निरीक्षक चन्दले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।