• मंसिर १५ २०८१, शनिबार

युगाण्डामा दुई आत्मघाती आक्रमण, ३ जनाको मृत्यु, तीस जना घाइते

मंसिर १ २०७८, बुधबार

एजेन्सी। युगाण्डाको राजधानी कम्पालामा भएको दुई आत्मघाती आक्रमणमा कम्तिमा ३ जनाको मृत्यु भएको छ । तीन मिनेटको अन्तरालमा भएको सो आक्रमणमा दुई सुरक्षाकर्मीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणमा अन्य तीस जना घाइते भएका छन् भने पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ । मोटरसाइकालमा आएका आक्रमणकारीले सांसद भवन र प्रहरी मुख्यालय नजिक आक्रमण गरेको जनाइएको छ ।

आक्रमणमा मृतकको संख्या अझै बढ्नसक्ने बताइएको छ । शहरको अन्य क्षेत्रमा पनि बम भेटिएको छ । सो आक्रमणको आइएसले जिम्मा लिएको छ । केही आक्रमणकारी पक्राउ पर्नुका साथै उनीहरुबाट विष्फोटक ज्याकेटसमेत बरामद गरिएको स्थानीय प्रहरीलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।