काठमाडौँ। नेपाल बार एशोसिएसनका अध्यक्ष चन्डेश्वर श्रेष्ठले न्यायालयको विकृति नहट्दासम्म आफूहरुको आन्दोलन जारी रहने बताएका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको माग गर्दै नेपाल बारले सर्वोच्च अदालतमा बुधबार गरेको प्रदर्शनमा अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन्।
उनले भने, हामीले विसङ्गती हटाउन चाहेका छौँ। निष्पक्ष न्याय चाहेका छौँ। भ्रष्ट प्रधानन्यायाधिशले राजीनामा नदिदासम्म हामी रोकिँदैनौ। राजीनामा मात्र होइन विकृति नहट्दासम्म आन्दोलन जारी रहन्छ। आन्दोलनको मोडेल फरक हुन्छ। राजीनामा अपरिहार्य छ।’