• मंसिर १५ २०८१, शनिबार

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै बुधबार पनि कानुन व्यवसायीहरूको धर्ना

मंसिर १ २०७८, बुधबार

काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै बुधबार पनि कानुन व्यवसायीहरुले धर्ना दिएका छन् । नेपाल बार एसोसिएसनको अगुवाइमा कात्तिक पहिलो सातादेखि आन्दोलनरत कानुन व्यवसायीहरु धर्नालाई आज पनि निरन्तरता दिएका हुन् ।

प्रधान्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्चका न्यायाधीशरुले पनि इजलास बाहिष्कार गर्दै आएका छन् । मंगलबार सर्वोच्चका ४ जना न्यायाधीशरुले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका छन् ।

प्रधानन्यायाधीश जबराले आफूले राजीनामा नदिने बताउँदै आन्दोलनरत पक्षलाई संवादमा आउन आह्वान गरेका छन् भने नेपाल बारले प्रधानन्यायाधीशसँग कुनै वार्ता नगर्ने भन्दै राजीनामा माग गर्दै आएको छ ।