काठमाडौँ। । कोरोना महामारीको कारण देश फर्कन नपाएका चिनियाँ नागरिकले चिनियाँ दूतावासबाहिर प्रदर्शन गरेका छन् । महामारीको कारण केही वर्षदेखि नेपालमै रोकिएका उनीहरुले आफूहरुलाई तत्काल देश फर्काउनुपर्ने माग गरेका छन् ।
प्रदर्शनमा सहभागीहरुले पाँच महिना देखि काम बिहीन भएको र होटलमा बस्नु परेको गुनासो गरेका छन् ।
चिनियाँ नागरिकलाई फर्काउने बिषयमा दूतावासले पहल गरिरहेको बताएको छ ।