• फाल्गुन २९ २०८२, शुक्रबार

विप्लव नेकपाका नेताले हिरासतबाटै भने ‘बन्द शानदार रुपमा सफल भयो’

कार्तिक ३० २०७८, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थ लगायत जनताको दैनिक जीवनसँग जोडिएका उपभोग्य बस्तुहरुमा भएको चर्को मूूल्य वृद्धिको विरोधमा सिलसिलावद्ध रुपपा आन्दोलन गर्दै आज कार्तिक ३० गते नेपाल बन्द कार्यक्रमा गरेको छ । विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको बन्दले देश ठप्प जस्तै भएको छ ।

कलकारखाना, विद्यालय, विश्वविद्यालय, सडक, यातायात लगायत बन्द रहेका छन् । प्रायः गरेर शान्तिपूर्ण रुपमा आजको बन्दका गतिविधि भइरहेका छन् । पार्टीका नेता कार्यकर्ता गिरफ्तार पनि भएका छन् । खास गरी नेकपाका नेता तथा कार्यकर्ता यो बन्दमा शान्तिपूर्ण रुपमा प्रस्तुत भएका छन् । तर पनि सरकारले उनीहरुलाई धरपकड गरेर नियन्त्रणमा भने लिएको छ ।

बिहानको झिसमिसेमै सो पार्टीका केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला इञ्चार्ज मोहलाल चन्द ‘आधार’, सो पार्टीका धादिङ्ग जिल्लाका पूर्वसचिव तथा युवानेता प्रमोद गिरी, अखिल (क्रान्तिकारी)का केन्द्रिय सचिवालय सदस्य प्रकाश तिरुवा लगायत १३ जना नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरु बास बसेको धुलिखेलको वेलकम होटेलबाट हिजैदेखि घेरा हालेर बसेको प्रहरीले बिहान साढे पाँच बजे नै गिरफ्तार गरिएको गोलखबर डटकमको सम्पर्क आएका नेता आधारले बताए । हिरासतबाटै गोलखबरको सम्पर्कमा आएका आधारले आफूहरुले आयोजना गरेको नेपाल बन्द शानदार रुपमा सफल भएको दावी गरे ।

तपाईंहरु त बिहानै प्रहरी नियन्त्रणमा गैसक्नु भएछ भने कसरी बन्द शानदार भएको भनेर दावी गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘हो त्यहि त शान्तिपूर्ण रुपमा आयोजना गरिएको नेपाल बन्दमा यसरी हामीलाई सत्ताले गिरफ्तार गर्नु नै ठूलो सफलता हो ।’ देउवा सरकार शान्तिपूर्ण कार्यक्रमबाट पनि डराएर देशभरिबाट आफ्ना सयौं नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको उनले बताएका छन् । यो बन्द जनताको लागि गरिएको भनेर जनताले बुझेर आम जनताले आफूहरुलाई साथ दिएको उनको भनाई रहेको छ ।