• असार २५ २०८१, सोमबार

रुकुममा भैली खेलेर विद्यालय स्तरोन्नती गरिंदै, कहाँ छ स्थानीय सरकार ?

कार्तिक ३० २०७८, मंगलवार

रुकुम पश्चिम, ३० कार्तिक ।

श्री प्रशान्त प्रारम्भिक बालविकास केन्द्रलाई नमूना भैली समूह त्रिवेणी २ बेतखोलाले १२ हजार रुपैयाँ दियो । पञ्चेबाजा समितिलाई ३० हजार रुपैयाँ दियो । यो रकम भैली खेलेर संकलन गरिएको भुपेन्द्र बोहराले जानकारी दिनुभयो । भैलीको रकम बेतखोलाको विकासमा खर्च गरिंदै आएको छ ।

तिहारका तीन दिन भैली खेल्न मुसिकोट नगरपालिका–९ का खर्चिबाङ हिल, चुन, त्रिवेणी गाउँपालिकाका बाँदरपानी गैरिनेटा लगायत क्षेत्रमा भैली खेलेका थिए । उनीहरुले भैलीमा भ्रष्टाचारी र अत्याचारीको विरोध गरे । समानताको माग गर्थे । कुनै देविदेउतालाई पुकारेनन् । टिम अगुवा नविन बोहराले सिठी बजाएर मादलको ताल अनुसार टिमको चाल बदल्थे । त्यही चालमा सहभागी युवा युवती भैलीको स्वर सहित सामूहिक नाचमा लागेका हुन्थे ।

टाउकोमा रातो फेटा बाँधेपनि कुनै कम्युनिष्ट पार्टीको झण्डा थिएन र कुनै पनि पार्टीको नाम उच्चारण गरेनन् । उनीहरुले अरु भन्दा भिन्नै शैली र शब्दहरु भने प्रस्तुत गरे । भैलीमा उठाएको जम्मा रकम ३५ हजारबाट खर्च कटाएर बालशिक्षालाई दिए ।

दश वर्षअघि स्थापना भई यो समूह सामाजिक कार्यमा कृयाशिल रहेको सञ्चालक समितिका बोहराको भनाई छ । स्थापना कालदेखि नै लगातार देउसी भैलो खेल्दै आएको छ । अहिलेसम्म सो समूहको रु चार लाख २८ हजार बचत छ । त्यसबाट वार्षिक २० प्रतिशत व्याज आउँछ ।

त्यही ब्याजबाट यस पटक पञ्चेबाजालाई दिइयो । अरु बेलामा पनि सामाजिक काममा खर्च गरिंदै आएको छ । शिक्षाको विकास, संस्कृतिको संरक्षण लगायत समाज सेवा गर्दै जाने समूहको लक्ष्य रहेको बोहराकोे भनाई छ । त्यस गाउँको श्री प्रशान्त प्रारम्भिक बालविकास केन्द्र बेतखोला २०७५ सालमा खुलेको थियो ।

हिसाब किताब चुस्त दुरुस्त राख्ने, आर्थिक अनुशासन कायम गरेर सामाजिक उत्तरदायित्व पुरा गर्न नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीका नेता एवम् त्यहाँका स्थानीय बासिन्दा  प्रेम प्रशान्त बोहरा लगायतले नेतृत्व गर्नुभएको छ । रुकुमबाट फर्केपछि ।