काठमाडौँ। सर्वोच्च अदालतका ४ जना न्यायाधीश नियमित काममा फर्किएका छन् । न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा नियमित काममा फर्किएका हुन् । उनीहरुले बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य मुद्दाहरु पनि हेरेका छन्।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मंगलबार ८ वटा संयुक्त इजलास र २ वटा एकल इजलाश तोकेका छन् । न्यायाधीशद्वय प्रकाश ढुंगाना र कुमार चुडालले भने बन्दीप्रत्यक्षीकरण मात्रै मुद्दा हेरेका छन् ।
सर्वोच्चका अन्य १३ जना न्यायाधीशहरु नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनसँगको छलफलमा छन् ।
बारले १४ कात्तिकदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ ।