काठमाडौँ। नेपाल बार एसोसिएसनले असन्तुष्ट न्यायाधीशहरूसँग छलफल गर्ने भएको छ। सोमबार बारसँगको बैठकमा अनुपस्थित रहेका सर्वोच्चका पाँच न्यायाधीशहरूसँग छलफलका लागि बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको नेतृत्वमा बारका पदाधिकारीको टोली सर्वोच्च प्रवेश गरेको छ।
बारसँगको हिजोको बैठकमा न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडाल अनुपस्थित भएका थिए। बारले न्यायाधीशहरूसँग छलफलपछि तेस्रो चरणको आन्दोलनका कार्यक्रम बनाउने बताएको छ। आज बारको दोस्रो चरणको आन्दोलनको अन्तिम दिन हो।
बारले १४ कात्तिकदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ ।