• मंसिर १५ २०८१, शनिबार

नेपाल बारकाे आन्दाेलन आज पनि जारी

कार्तिक ३० २०७८, मंगलवार

काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रेको नेपाल बार एसोसिएसनले आज पनि धर्ना सुरु गरेको छ । तर प्रहरीले आज प्रदर्शनकारी वकिललाई सर्वाेच्चको मूलगेटमा जान रोकेको छ । प्रधानन्यायाधीश जबराले राजीनामा दिन आलटाल गरेपछि बारले सर्वोच्च परिसरमा आन्दोलन चर्काउँदै लगेको हाे ।

बारले १४ कात्तिकदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ ।