काठमाडौं । यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन फेरि बन्द गरेको छ ।
विभागले सोमबार एक सूचना जारी गर्दै अत्यधिक चाप भएकाले आवेदन बन्द गरिएको जनाएको हो।
कोरोनाका कारण गत वैशाख १६ गते बन्द भएर असोज ८ गते खुलेको आवेदन भर्ने प्रणालीमा चाप व्यवस्थापनपछि फेरि अनलाइन आवेदन खुला हुने विभागका प्रवक्ता लोकनाथ भुसालले बताएका छन्।