• मंसिर १४ २०८१, शुक्रबार

नेकपा (माले) को महासचिवमा सिपी मैनाली पुनः चयन

कार्तिक २९ २०७८, सोमबार

काठमाडौं । नेकपा (माले) को महासचिवमा सिपी मैनाली पुनः चयन भएका छन् ।

मालेको चितवनमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनबाट मैनाली महासचिवमा चयन भएका हुन् ।

मैनालीको नेतृत्वमा ८१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेकाे मालेका केन्द्रीय सदस्य भगवती घिमिरेले जानकारी दिइन् ।

‘महाधिवेशनबाट ८१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेका छाैं । अहिले ५८ जना सदस्य चयन भइसक्नु भएको छ । आगामी बैठकमा बाँकी सदस्यहरूको संख्या थप गर्दै जान्छौँ’, उनले भनिन् । केन्द्रीय कमिटीको आगामी बैठकबाट बाँकी पदाधिकारीको पद विभाजन गरिने उनकाे भनाइ छ ।

नारायणगढस्थित नारायणी कला मन्दिरमा शनिबारदेखि भएको मालेको आठौँ महाधिवेशन सोमबार केन्द्रीय कमिटी चयन गर्दै सम्पन्न भएको हो । महाधिवेशनमा देशभरबाट तीन सय ५० प्रतिनिधि सहभागी भएका थिए ।