काठमाडौँ। नेपाल बार एशोसिएसनले आफूहरु प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासँग वार्तामा नबस्ने जवाफ फर्काएका छन्। सोमबार बिहान प्रधानन्यायाधीशले आन्दोलनरत पक्षलाई विग्रहको बाटो छोडेर संवादमा आउन आग्रह गरेका थिए।
सो जवाफ दिँदै नेपाल एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशलाई यस्तो जवाफ दिएका हुन्। उनले भने, ‘हामी वार्तामा बस्दैनौं, तत्काल प्रधानन्यायाधीले राजीनामा दिनुपर्छ।’