• मंसिर १४ २०८१, शुक्रबार

आन्दोलन छोडेर संवादमा आउन बार एशाेसिएसनलाई प्रधानन्यायाधीश जबराको आग्रह

कार्तिक २९ २०७८, सोमबार

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आफ्नो राजीनामा माग्दै आएका सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एशोसियसनलाई संवादका लागि आह्वान गरेका छन् ।

सोमबार प्रधानन्यायाधीश जबराले विज्ञप्ति जारी गरेर आन्दोलित सहकर्मी न्यायाधीश र बारलाई वार्ता र संवादबाट समस्या समाधान खोज्न आग्रह गरेका हुन् ।

‘पारस्परिकता र हार्दिकताको त्यो क्रम जहाँबाट टुटेको छ, त्यहिँबाट समाधानको सम्भावना खोज्न सकिन्छ । विधिको पक्षमा दृढतापूर्वक उभिँदै न्यायपालिकाको एकै परिवारभित्र देखिएका समस्याको हल गर्न विग्रहको बाटो छोडी संवादको मार्ग रोजौं भनी पुनः सबैमा हार्दिक आव्हान गर्दछु ।’प्रधानन्यायाधीशद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।