• मंसिर १४ २०८१, शुक्रबार

बारको आन्दोलनबीच वैकल्पिक गेट प्रयोग गरी प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश

कार्तिक २९ २०७८, सोमबार

काठमाडौँ। कानुन व्यवसायीहरु सर्वोच्चको मूल गेटमै धर्नामा बसेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वैकल्पिक गेट प्रयोग गरी अदालत प्रवेश गरेका छन्। उनी कडा सुरक्षाबीच सर्वोच्च प्रवेश गरेका हुन्।

आइतबार पनि जबरा वैकल्पिक गेटबाट सर्वोच्च प्रवेश गरेका थिए। न्यायिक क्षेत्रमा भ्रष्टाचार गरेको भन्दै जबराविरुद्ध नेपाल बार एसोसिएसन आन्दोलित छ। प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बारको रणनीति छ।