• मंसिर १४ २०८१, शुक्रबार

प्रधानमन्त्री देउवा पार्टी कार्यालयमा बैठक गर्न नसकेर भागेको नेता पौडेलको आरोप

कार्तिक २८ २०७८, आईतवार

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी कार्यालयमा बैठक गर्न नसकेर भागेको आरोप लगाएका छन् ।

आइतबार बुढानिलकण्ठमा जारी केन्द्रीय कार्यसमिति बैठकमा नेता पौडेलले पार्टी कार्यालय सानेपामा कार्यकर्ता अनसन बसेकाले भागेर बुढानिलकण्ठमा आउनुपरेको बताउदै भने, ‘रौतहटका कार्यकर्ता ११६ दिनदेखि अनसन बसेका छन्। सोही कारण हामी भागेर बुढानिलकण्ठमा बैठक बसेका छौं। सानेपाबाट भाग्नु परेको छ। हामी कसरी अघि बढ्ने हो ? तपाइँकै जिल्ला डडेल्धुराका मान्छे सानेपामा बसेका छन्। मैले भनेर हुने होइन तपाईंको जिल्लाको कुरा हो मैले छोएर हुने होइन।’

पार्टी कार्यालयमा कार्यकर्ता अनसन बसेपछि सभापति देउवा सानेपा जान छाडेका छन् । यही विषयमा वरिष्ठ नेता पौडेलले सभापति देउवामाथि प्रश्न उठाएका हुन् । उनले भने, ‘पार्टीको कार्यालाय छोडेर हिड्न पर्ने अवस्थाको अन्त्य गर्ने कि नगर्ने ? अनसन अन्त्य गर्ने कि नगर्ने ? सुतुरमुर्गा सैलीमा मुन्टो लुकाएर कति दिन हिँड्ने ? अवस्था सुधार्ने कि नगर्ने ? जिल्लाबाट गुनासो लिएर सानेपामा कार्यक्रता आँउछन् गुनोसो कसले सुनिदिने ? हामी सबै यहाँ बसेअ छौँ । यी समस्या कसरी टुंगो लगनउने ? समस्या समधान नगरी कसरी प्रस्ताव पास हुन्छ ? पास पास मात्र भनेर हुन्छ ?’

क्रियाशील सदस्यता विवादका कारण सानेपामा अनसन जारी छ । तर, संस्थापन पक्षबाट अनसन तोडाउने प्रयास भएको छैन ।