• मंसिर १४ २०८१, शुक्रबार

चिसो मौसम र जिन्दगी

कार्तिक २८ २०७८, आईतवार

पातलो सिरक
पातलै ओछ्यान
तर
निकै बाक्लो थियो
केवल तिम्रो याद
न चिसो अनुभव हुन्थ्यो
न बिझाएको
कसरी चिसो
थाहा पावस् यो शरीर
तिम्रो यादमा पुरै
बरफको गोला
लगाए बराबर थियो
कहाँ बिजाओस्
यो शरीरलाई
तिम्रो मायाले
न कहीँ बिजाउने ठाउँ थियो
न घोच्ने ठाउँ नै
गजब छ यो जिन्दगी
यताबाट लैजाउ
उताबाट पोखिन्छ
उताबाट यता ल्याउ
बिचमै सकिन्छ
जसरी नी साथमा हुने
भिजिरहेको परेली
वर्षायाम जस्तो
सुकिरहेको अधर
चैतेदिन जस्तो
थाहा छैन जिन्दगी
कुन मोड भोगिरहेछ ।