• मंसिर १४ २०८१, शुक्रबार

अध्यक्ष प्रचण्ड अस्पतालबाट डिस्चार्ज

कार्तिक २८ २०७८, आईतवार

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पतालबाट डिस्चार्ज भएका छन् । रक्तचाप बढेपछि उनी शनिबार मेडिसिटी अस्पताल भर्ना भएका थिए ।

डाक्टरहरुको सल्लाहअनुसार एक रात अस्पताल बसेपछि आइतबार प्रचण्ड डिस्चार्ज भएका हुन् । चिकित्सकका अनुसार अध्यक्ष प्रचण्डको स्वास्थ अवस्था सामान्य रहेको छ ।

केही दिनअघि विभिन्न जिल्ला भ्रमण गएकाले दौडधुपका कारण उनको रक्तचाप बढेको थियो ।