काठमाडौँ । युरोपको एक देशको राष्ट्रपति कार्यालयमै बलात्कारको घटना घटेको छ । फ्रान्सको राजधानी पेरिसमा रहेको राष्ट्रपति कार्यालयमा यौन दुव्र्यवहारको घटना घटेको हो । राष्ट्रपति कार्यालयमा कार्यरत एक महिला सैनिकले कार्यालयमै आफूलाई यौन दुव्र्यवहार भएको बताएपछि घटना अनर्राष्ट्रियकरण भएको हो ।
ती महिला सैनिकले एलीजे दरबारमा अंग्रेजी महिना गत जुलाईमा राष्ट्रपति कार्यालयमा आयोजित एउटा मदिरापान कार्यक्रमपछि आफूमाथि यौन दुव्र्यहार भएको स्थानीय सञ्चारमाध्यमसँग बताएकी हुन् । राष्ट्रपति कार्यालयबाट विदा हुन लागेका एक वरिष्ठ अधिकारीको विदाईको लागि आयोजना गरिएको पार्टीमा त्यस्तो दुव्र्यहारको आरोप लागेका व्यक्ति पनि सैनिक नै हुन् ।
पार्टी कार्यक्रममा राष्ट्रपति एमानुएल मार्को पनि सहभागी भएका थिए । पार्टी कार्यक्रमबाट राष्ट्रपति बाहिर गइसकेपछी सो घटना भएको बताइएको छ ।
पेरिसमा सरकारी अभियोजनकर्ताहरुले राष्ट्रपति कार्यालयमा भएको भनिएको सो बलात्कार घटनाको अनुसन्धान गर्न लागेका छन् । यौन दुव्र्यवहार आरोपित ती सैनिक व्यक्तिसँग सोधपुछ गरिएको छ तर हालसम्म ती आरोपित व्यक्तिलाई कुनै अभियोग भने लगाइएको छैन । फ्रान्सको लिबरेसन नाम गरेको पत्रिकाले गत शुक्रबार सबैभन्दा पहिले सो घटना र आरोपबारे समाचार प्रकाशित गरेको थियो । पीडित बताइएकि महिला र आरोपित दुबैजना राष्ट्रपति भवनको उच्च सुरक्षा अधिकारी कार्यालयमा कार्यरत रहेका थिए ।
लिबरेसन पत्रिकामा बताइए अनुसार उनीहरु एकअर्कासँग परिचित थिए । समाचार संस्था एएफपीका अनुसार ‘अधिकारीहरुलाई आरोपबारे थाहा हुनासाथ पीडित भनिएकी महिलालाई सहयोग गर्न आवश्यक कदम चालियो ।’ आजभोलि ती दुवैलाई अरु ठाउँमा सरुवा गरिएको छ ।
केहि वर्ष यता फ्रान्समा यौन दुव्र्यवहारका धेरै घटना भएका समाचारहरु आइरेहका छन् । राष्ट्रपति एमानुएल मार्कोले महिला विरुद्ध हुने हिंसाको समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । हाल फ्रान्समा सहमतिमा यौन सम्पर्क गर्न कम्तिमा १५ वर्ष पुगेको हुनुपर्ने कानुन रहेको छ ।