• मंसिर १४ २०८१, शुक्रबार

प्रधानन्यायाधीशले आज पनि सबैखाले मुद्दाकाे पेसी तोके

कार्तिक २८ २०७८, आईतवार

काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज पनि सबैखाले मुद्दामा पेसी तोकेका छन् । कानुन व्यवसायीहरूले सर्वोच्चको मुख्य गेटमा प्रदर्शन गरिरहेको समयमा जबरा वैकल्पिक गेटबाट अदालतभित्र प्रवेश गरेका थिए ।

कार्यालय प्रवेश गरेसँगै उनले आज १० इजलासमा सबै प्रकृतिको गरी दुई सय ७२ मुद्दाको पेसी तोकेका छन् ।प्रधानन्यायाधीशका लागि भने आज कुनै इजलास तोकिएको छैन ।