• मंसिर १४ २०८१, शुक्रबार

प्रधानन्यायाधीश जबराविरुद्ध आज पनि वकिलहरुको धर्ना

कार्तिक २८ २०७८, आईतवार

काठमाडौँ। नेपाल बार एशोसिएसनले आज पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनलाई निरन्तरता दिएको छ । आइतबार बिहान नेपाल बार एसोसिएसनको अगुवाईमा वकिलहरुले बारको केन्द्रीय कार्यालय अगाडि कालो पट्टि बाँधेर धर्ना दिइरहेका छन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बारले दुई सातादेखि धर्ना दिँदै आएको छ । बारले प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेशमा आज पनि रोक लगाउने तयारी गरेको छ ।