• मंसिर १० २०८१, सोमबार

भत्किँदै कांग्रेसका पुराना गुट

कार्तिक २७ २०७८, शनिबार

काठमाडौं । काँग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा परम्परागत गुटभित्रै खटपट सुरु भएको छ । सभापति शेरबहादुर देउवाका अत्यन्त निकट मानिएका विमलेन्द्र निधिले केही महिनाअघि मात्र देउवाको साथ छोडेका थिए ।

संस्थापन इतर रामचन्द्र पौडेल समूहका प्रकाशमान सिंह पनि उक्त गुटबाट अघोषित रूपमा अलग भएका छन् । पौडेल समूहले सभापतिमा साझा उम्मेदवार घोषणा गर्ने तयारी गरेका बेला सिंह अलग भएका छन् । शुक्रबार पौडेल पक्षको गुटको भेलामा सिंह गएनन् ।

त्यसो त पौडेल र सिंहबीच पछिल्लो समय टेलिफोन वार्ता पनि नभएको सिंह निकट एक नेताले बताए सिंह व्यक्तिगत काम विशेषले काठमाडौँ बाहिर रहेको उनी निकट नेताहरूको भनाइ छ ।

१० वटा निर्वाचन क्षेत्र तथा संघीय राजधानी भएको काठमाडौंबाट आफू निकट मन्त्री नपाएपछि नेता सिंह पौडेलसँग असन्तुष्ट बनेका हुन् । मन्त्रिपरिषद विस्तारमा सिंह पक्षलाई मन्त्रीमा सिफारिस गर्ने विषयमा पौडेल समूहमा छलफलसमेत नभएको नेताहरू बताउँछन् ।

त्यति बेला पौडेल निकट दिलेन्द्र बडू कानुनमन्त्री बने भने शशांक कोइराला निकट मीनेन्द्र रिजाल रक्षामन्त्री बनेका थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।