काठमाडौँ। कानुन व्यवसायीहरूको धर्नास्थलमा परिचालन गरिएको प्रहरी धर्नास्थलबाट हटाइएको छ। गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा धर्नास्थलबाट प्रहरी हटाइएको नेपाल बार एसाेसिएसनका सचिव लीलामणि पौडेलले जानकारी दिए।
गृहमन्त्री बालकृष्ण खाँणलाई सर्वोच्च परिसरमा खटाइएका सुरक्षाकर्मी हटाउन आग्रह गरेपछि खाँणले प्रहरी हटाउन निर्देशन दिएका थिए।