काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज शुक्रबारका लागि सबै प्रकृतीका मुद्दाको पेसी तोकेका छन्। जबराले आजका लागि एक एकल र सात संयुक्तसहित आठ इजलास तोकेका छन्। यद्यपि, उनले आफ्ना लागि भने कुनै इजलास तोकेका छैनन्।
सर्वोच्चको मुख्य गेट अगाडि कानुन व्यवसायीहरुले आन्दोलन गरिरहँदा अर्को गेटबाट सर्वोच्च प्रवेश गरेका प्रधानन्यायाधीश जबराले आफू इजलासमा नरहने गरी सबैखाले मुद्दाको पेसी तोकेका हुन्। यसअघि उनले कानुन व्यवसायीको मागविपरीत आफूसमेत इजलासमा बसी सबै प्रकृतीका मुद्दामा पेसी तोक्दै आएका थिए।