• चैत्र १७ २०८१, सोमबार

कानुन व्यवसायीको विरोध छल्दै वैकल्पिक गेटबाट सर्वोच्च छिरे जबरा

कार्तिक २६ २०७८, शुक्रबार

काठमाडौँ। नेपाल बार एशोसिएसनले सर्वोच्च अदालत प्रवेशमा रोक लगाउनका लागि भन्दै मूल गेटमा धर्ना दिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वैकल्पिक गेटबाट प्रवेश गरेका छन् ।

महान्यायाधिवक्ता कार्यालयतर्फको गेटबाट जबरा शुक्रबार बिहान १० :५० सर्वोच्च अदालत प्रवेश गरेका हुन् ।


Advertisement

जबरालाई रोक्नका लागि नेपाल बार एसोसिएसनले शुक्रबार बिहान १० बजेदेखि नै सर्वोच्चको मूल गेटमा धर्ना दिइरहेका थिए।