काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत वकिल तथा राणा पक्षधर कानून व्यवसायीबीच धकेलाधकेल भएको छ ।
शुक्रबार आन्दोलनरत नेपाल बार एसोसियसनका पदाधिकारीसहित अन्य कानून व्यवसायीको प्रदर्शनमा राणा पक्षधरका कानून व्यवसायीले अवरोध गर्न खोजेपछि सर्वोच्च अदालत बाहिर धकेलाधकेल भएको हो ।
सोही क्रममा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । दुई समूह विभाजन भएर झडपको अवस्था आउन सक्ने भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।