• मंसिर १४ २०८१, शुक्रबार

परराष्ट्रमन्त्री खड्का र सार्क महासचिवबीच भेटवार्ता,सार्कलाई सक्रिय बनाउनेबारे छलफल

कार्तिक २५ २०७८, बिहीबार

काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्कासँग दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव एसाला रुवान वीराकुनले शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा उनीहरूबीच सार्कको वर्तमान स्थितिबारे छलफल भएको । रोकिएको क्षेत्रीय प्रक्रियालाई पुनःसञ्चालन गर्नेलगायत क्षेत्रीय सहयोगका विविध आयाम र आवश्यकताबारे विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारत र पाकिस्तानबीच तनावका कारण पाकिस्तानमा हुनुपर्ने सार्क शिखर सम्मेलन लामो समयदेखि रोकिएको छ । २०१४ मा नेपालमा शिखर सम्मेलन भएयता शिखर सम्मेलन हुन सकेको छैन। पछिल्लो पटक अफगानिस्तान संकटका कारण सार्क झन संकटमा छ । खासगरी भारतले सार्कलाई महत्व दिन छाडेकाले यो क्षेत्रीय संगठनको भविष्य नै अन्योलमा छ । नेपाल हाल सार्कको अध्यक्ष राष्ट्र हो ।