काठमाडौँ। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।
बिहीबार नेकपा महासचिव विप्लवले एक वक्तव्य जारी गर्दै आन्दोलनको घोषणा भएको जानकारी दिएका हुन् ।
घोषित कार्यक्रम अनुसार आज २५ गते देशव्यापी विरोध गर्ने, २६ गते मशाल जुलुस निकाल्ने, २७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन गर्ने, २८ गते बिहान १० देखि ११ बजेसमम चक्काजाम गर्ने, २९ गतेदिउँसो सिट्ठी जुलुस र साँझ मसाल जुलुस निकाल्ने जनाइएको छ ।
यस्तै अन्तिम दिन ३० गते नेपाल बन्द गर्ने कार्यक्रमसमेत सो समूहले तय गरेको छ ।