काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले भोलि (शुक्रबार) सबै बेन्च बहिस्कार गर्ने घोषणा गरेको छ ।
बिहीबारको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि बारले शुक्रबार सर्वोच्चमा सबैखाले मुद्दामाथिको बहस बहिष्कार गर्ने निर्णय गरेको हो।
बिहीबारको प्रदर्शनमा प्रहरीले हस्तक्षेपगर्दा केही कानुन व्यवसायी घाइते भएका छन् ।