• मंसिर १४ २०८१, शुक्रबार

बारको धर्नामा प्रहरी हस्तक्षेप

कार्तिक २५ २०७८, बिहीबार

काठमाडौँ। सर्वाेच्चमा जारी बारको धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आएको नेपाल बार एशोसिएसनले आजबाट आन्दोलनलाई थप आक्रामक बनाएको हो ।

प्रधानन्यायाधीश राजीनामा दे भन्दै ठुलो संख्यामा वकिलहरु सर्वोच्च परिसरमा नारावाजीमा उत्रिएका छन् । उनीहरुले प्रदर्शनस्थलमा माइक राख्न खोज्दा प्रहरीले रोकेको थियो । त्यसपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरी र वकिलहरुबीच धकेलाधकेल भएको छ ।

अहिले सर्वाेच्च अदालतमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।