• चैत्र १० २०८१, सोमबार

प्रधानन्यायाधीश जबराले बोलाएको बैठक बहिस्कार गर्न बारको आग्रह

कार्तिक २५ २०७८, बिहीबार

काठमाडौँ। नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बोलाएको न्याय परिषदको बैठक बहिस्कार गर्न आग्रह गरेको छ । न्यायपरिषदका सदस्यहरुलाई पत्र लेख्दै बारले उक्त आग्रह गरेको हो ।

विगत केही सातादेखि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै बार लगायत सर्वोच्च अदालतकै न्यायाधीशहरु आन्दोलनमा छन् । यसै क्रममा प्रधानन्यायाधीश जबराले बैठक बोलाएपछि बारले बैठकमा नजान आग्रह गरेको हो ।

न्यायिक जगत र आम नागरिकको समेत विश्वास गुमाइसकेका प्रधानन्यायाधीशले न्याय परिषदको बैठक डाकेर थप विकृति लाद्न खोजेको बारको आरोप छ । सोही कारण उक्त बैठक अवज्ञा गर्न र विकृति, विसंगति, बिचौलिया र भ्रष्टाचारमुक्त न्यायपालिका बनाउने बारको अभियानमा सहयोग गर्न भन्दै पत्राचार गरिएको हो ।