घोराही । नेपाल परिवार दल लुम्बिनी प्रदेशको तेस्रो अधिवेशन सम्पन्न भएको छ । दाङको घोराहीमा भएको कार्यक्रम पूर्वसंयोजक तथा केन्द्रीय सदस्य राजेन्द्र श्रीवास्तवको अध्यक्षता र केन्द्रीय सदस्य तथा नेपाल परिवार दल महिला परिवारका अध्यक्ष बुद्धिमाया पुनको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

अधिवेशनमा जानकी घिमिरे विशिष्ट अतिथिको रुपमा उपस्थित थिइन् । कार्यक्रममा रुपन्देही जिल्ला अध्यक्ष नवल कार्की, वरिष्ठ उपाध्यक्ष चन्द्रसेन यादव, दाङ जिल्ला अध्यक्ष सालिकराम चौधरी, पूर्ण चौधरी र भर्खर मात्र पार्टी प्रवेश गरेका टैया चौधरी लगायतले अधिवेशन सफलताको शुभकामना मन्तब्य व्यक्तका गरेका थिए ।

कार्यक्रममा स्थानीय थारु समुदायको संस्कृति झल्किने परम्परागत गीत र नृत्य प्रस्तुत गरिएको थियो । अधिवेशन भब्य रुपले सम्पन्न भएको आयोजकले जनाएको छ ।