• मंसिर १२ २०८१, बुधबार

मुसाबाट सर्ने स्क्रब टाइफस

कार्तिक २४ २०७८, बुधबार

स्क्रब टाइफस एक प्रकारको जीवाणु ‘रिकेटसिया सुसुगामुसी’ ले संक्रमित सूक्ष्म कीरा (माइट) को टोकाइका कारण फैलिने रोग हो । यो कीरा मुख्यतया खेत, झाडी, घाँस आदि भएको ठाउँमा बस्ने मुसा प्रजातिमा पाइन्छ । यो रोग उत्पन्न गर्ने ब्याक्टेरिया संक्रमित मुसाको पेटभित्रका प्वालहरूमा बस्छ ।

नेपालमा भुइँचालो आएपछि बढी मात्रामा मुसा देखिन थालेको र त्यसको टोकोइका कारण मानिस संक्रमित बन्दै गइरहेको छ । सुरुमै उपचार गरेको खण्डमा सामान्य एन्टिबायोटिकले ठिक हुने तर उपचार ढिलाइ भएको अवस्थामा जटिल बन्ने गर्दछ, पछिल्ला वर्षमामा मृत्युदर घटे पनि संक्रमित हुनेको संख्या बढ्दो क्रममा छ ।

बढीजसो समथर भागमा बस्ने मुसा र घरवरपर बस्ने मुसामा किर्ना हुन्छ । किर्नामा अण्डा, लार्भा, निर्खा, एडल, हुने गर्छन् । किर्नाको लार्भा ६ खुट्टे हुन्छन् । त्यसले मानिसलाई टोक्न पुग्यो भने मानिसमा ब्याक्टेरिया हालिदिन्छ ।

यो व्याक्टेरियाले स्क्रब टाइफसको संक्रमण हुने गर्छ । अन्य कतिपय ब्याक्टेरिया काषिकाभन्दा बाहिर पनि बाँच्न सक्ने भए पनि यो भने कोषिकामा मात्र बाँच्छन् ।

लक्षण र जटिलता :

संक्रमति व्यक्तिलाई अत्यधिक ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने, बेस्सरी टाउको दुख्ने, शरीरबाट पसिना आउने, शरीरका भागहरूमा ससाना बिमिरा देखिने र हल्का आँखा रातो देखापर्ने हुनछ ।

सामान्यतया संक्रामक परजीवीले टोकेको ५ देखि १४ दिनको अवधिमा स्क्रब टाइफसको लक्षण देखिन थाल्छ । कसैकसैमा भने २० दिनपछि पनि लक्षण देखिन सक्ने चिकित्सकको भनाइ छ ।

स्क्रब टाइफस रोगको समयमै निदान तथा उपचार नभएमा मल्टिपल अर्गान फेलियर हुन जान्छ । निमोनिया लगायत विभिन्न जटिलता उत्पन्न भई संक्रमितको मृत्यु हुने गर्छ ।

रोगको निदान :

बिरामीमा देखिएको लक्षण र सूक्ष्म कीराले टोकेको चिनोबाट पनि यसको पहिचान गरिन्छ । यसमा रगत परीक्षणसमेत गरिन्छ । यसअन्तर्गत लिभर फंक्सन टेस्ट, सिबिसी काउन्ट गरिन्छ ।

स्क्रब टाइफसको एन्टिबडी पत्ता लगाउन एलाइजा टेस्ट र द्रुत परीक्षणसमेत गरिन्छ । हाल देशका अधिकांश प्रभावित जिल्लाका अस्पतालमा द्रुत परीक्षण किटका माध्यमले रोग पत्ता लगाउने सेवा उपलब्ध छ ।

बच्ने उपाय :

सामान्यता मानिसले आफ्नो घरवरपर मुसा आउन दिनु हुँदैन । खेतबारीमा काम गर्न जाँदा पूरा बाहुला भएको कपडा लगाउनुपर्छ ।

खुला चउरमा सुत्नुहुँदैन । संक्रमित मुसाले टोकेको खण्डमा लक्षण देखिना साथ स्वास्थ्य संस्थामा गएर उपचार सुरु गरिहाल्नु पर्छ ।