• असार २५ २०८१, सोमबार

कहाँ छ सरकार ? धानबाली नष्ट भएका किसानले गरे राहत माग

कार्तिक २३ २०७८, मंगलवार

घोराही, २३ कार्तिक ।
गत असोज ३१ गते देखिको हिउँदे वर्षातले दाङका खेतहरुमा धानबाली नष्ट गर्योे । झट्कीएका धानबालाले काट्ने बेला किसानलाई औधि खुसी बनाए । दिनभरी धान काटेर किसान सुते, बिहान उठ्ने बेला तिनै धान हिउँदो वर्षातले डुबे ।

दिनरातको वर्षातले केही बालुमुनि पुरियो । केहि उतारेर डिलमा बसाले तर त्यहिँ उम्रियो । भलले पुरिदियो । बारीमा जोत खन गरेकाले बाढी पनि धेरै उर्लेर आयो । त्यसले तोपेपछि उकास्दासम्म उम्रियो । धान पराल कुहियो । धान काटेकाको ठूलै नोक्सान भयो । न काटेकाको भने जोगिएको छ । अहिले धान नकाटेकाले पनि राहत माग्न थालेको बताइन्छ । खेतै नभएकाले पनि राहत खोज्ने गरेका छन् । तिनै केही व्यक्तिका प्रतिकृया यस्ता छन् ।

तरकारी खेतीलाई पनि राहत दिनुपर्छ : ऋषिराम चौधरी, घोराही १८ का किसान ।

 

“तरकारी खेतिमा प्रत्यक्ष असर गरेको छ । केहीको बोट कुहिएको छ । कहिँका फूल नोक्सान भयो । फल पनि बिगारीदियो । त्यसैले व्यवसायी तरकारी खेतीमा निकै नोक्सान छ । काटेको धान डुबेर उतै उम्रिएको छ त्यो पुरै नोक्सान भयो । ढलेकोमा पनि बालुवाले पुरिदिएको छ । त्यो सबै अवस्था सरकारले अनुगमन गरेर राहत दिनुपर्छ । धेरैले अब के खाने भन्ने अवस्था आएको छ ।”

पराल पनि काम नलाग्ने बनायो
प्रकाशचन्द्र घिमिरे,
खाद्य अधिकार सञ्जाल,

‘सबै वडामा तथ्यांक ल्याउन सरकारले खटाउनु पर्यो । धान पराल दुवै काम नलाग्ने भएको छ । धान कनिका पनि छैन । पराल कुहिएर पशु चौपायाले खान नमिल्ने भएको छ । कुहिएको पपटो खाएर किसान बाँच्न सक्दैनन् । पशु चौपाया पाल्न पनि नसिकने भयो । त्यसैले चाँडो भन्दा चाँडो स्थलगत अनुगमन गर्नुपयो । किसानहरुलाई बाँच्नका लागि भएपनि राहतको व्यवस्था गरियोस् ।’

महंगीको मार हामीले पनि व्यहोर्नु पर्ने होला
रचना कुमाल,
घोराही १४ का भूमिहीन सुकम्बासी

‘हामी भूमिहीन सुकुम्वासी मजदुरहरुले गरी खाने उपाएका बारेमा पनि राज्यले सोच्नुपर्छ । दिनभरी कमाई गरेर छाक टार्नेहरुले अब महंगो चामल किनेर खान सक्दैनन् । केही राहतको व्यवस्था नगरीए बाँच्नै मुस्किल हुने हो कि ?’

राहत होइन, क्षतिपुर्ति चाहियो
शुभराज चौधरी, कानून व्यवसायी

‘संविधानले खाद्य सम्प्रभुताको अधिकार हुनेछ भनेको छ । त्यसको अर्थ बेमौसमी वर्षातले क्षति गरेकोमा राहत दिएर हुँदैन । जति क्षति छ त्यसको मूल्यांकन गरेर सरकारले पूर्ती गर्नुपर्छ । त्यसरी दियो भने मात्रै खाद्य सम्प्रभुता हुन्छ ।’

उम्रेको धान ल्याएर किसान आए
देवा महरा,
कृषि ज्ञान केन्द्र, घोराही

‘हामी खेतमा पुगेर क्षेतिका अवस्था हेरिम् । केही किसानहरु उम्रेको धान लिएर अफिसमै आउनु भयो । अहिले पनि क्षतिको विवरण लिएर राहतको दावि गर्न आउने क्रम जारी छ । हामी फिल्ड गएर धान उठाएर पानी तर्काउँदै गरेको देख्यौं । छिट्टै पानी तर्काउनेले ५० प्रतिशत धान जोगाउन सफल हुनुभएको छ । नत्र धान र पराल दुवै नोक्सान हुने थियो । प्राविधिक रुपमा सल्लाह सुझाव दिएका छौँ । अहिले पनि धान सुकाउने गर्नुभएको छ ।’