काठमाडौँ। सनराइज बैंकले चालु आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंकको २२ कात्तिकमा बसेको सञ्चालक समिति बैठकले छ दशमलव ६५ प्रतिशत बोनस सेयर र शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
हाल बैंकको चुक्ता पुँजी नौ अर्ब ४८ करोड ७९ लाख ४४ हजार रुपैयाँ छ । बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीले पाउनेछन् ।