• फाल्गुन २६ २०८२, मंगलवार

बारको आन्दोलनविरूद्ध उत्रिएका तीन महिला पक्राउ

कार्तिक २३ २०७८, मंगलवार

काठमाडौँ। सर्वोच्च अदालतमा भइरहेको गतिरोध अन्त्य हुनुपर्ने मागसहित आन्दोलित अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ।

नारा लगाउँदै नेपाल बार एसोसिएसन परिसरको गेटमा पुगेका अभियन्ता तारा बरालसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले न्याय प्रणाली जोगाउन भन्दै प्रदर्शन गरिरहेका छन्।