• मंसिर १४ २०८१, शुक्रबार

न्यायाधीशको बहिष्कारबीच प्रधानन्यायाधीशले तोके सबै खालका मुद्दामा पेसी

कार्तिक २३ २०७८, मंगलवार

काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सबै खालका मुद्दामा पेसी तोकेका छन् । न्यायाधीशहरूको बहिष्कार र कानुन व्यवसायीको आन्दोलनबीच प्रधानन्यायाधीश जबराले आजका लागि १० वटा इजलास गठन गरेका हुन्।जसमा सबै खालका मुद्दामा पेसी तोकिएको छ।

मंगलबार आफ्नो मात्रै एकल इजलास गठन गरेका जबराले बाँकी ९ वटा संयुक्त इजलास गठन गरेका हुन्।

यही कात्तिक ८ गतेदेखि न्यायाधीशहरूले आन्दोलन थालेपछि सर्वाेच्च अदालतमा मुद्दा सुनुवाइ राेकिएकाे छ । पछिल्लो एक साताबाट बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्न थालेका न्यायाधीशहरू अन्य मुद्दा नहेर्ने अडानमा छन् ।