• मंसिर १४ २०८१, शुक्रबार

भारतको भोपालस्थित बाल अस्पतालमा आगलागी, चार शिशुकाे मृत्यु

कार्तिक २३ २०७८, मंगलवार

एजेन्सी। भारतको मध्य प्रदेशको राजधानी भोपालको एक बाल अस्पतालमा आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । कमला नेहरू चिल्ड्रन्स अस्पतालमा सोमबार राति आगलागी हुँदा कम्तीमा चार बालबालिकाको मृत्यु भएको हो ।

मध्य प्रदेशका स्वास्थ्य शिक्षामन्त्री विश्वास सारंगले घटनाको पुष्टि गरेका छन् र मुख्यमन्त्री शिवराज सिंह चौहानले घटनाप्रति दुःख व्यक्त गर्दै छानबिनको आदेश दिएका छन् ।

अस्पतालको तेस्रो तलाबाट आगलागी सुरु भएको थियो । मन्त्री सारंगले स्पेशल न्यूबर्न केयर युनिटमा भर्ती भएका चार शिशुको मृत्यु भएको बताए । उनले त्यहाँ रहेका ४० मध्ये ३६ शिशुको उद्धार गरिएको बताए ।

मृत्यु भएका शिशुका परिवारलाई जनही चार लाख रुपैयाँ राहत दिइने पनि उनले घोषणा गरेका छन् । राज्यका पूर्व मुख्यमन्त्री तथा विपक्षी दलका नेता कमलनाथले घटनाका जिम्मेबारहरूमाथि कारबाहीको माग गरेका छन् ।