• मंसिर १४ २०८१, शुक्रबार

पर्यटन बोर्डका सीईओलाई मन्त्रालयले लिखित स्पष्टीकरण माग्ने

कार्तिक २२ २०७८, सोमबार

काठमाडौं । पर्यटन मन्त्रालयले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मीसँग लिखित स्पष्टीकरण माग्ने भएको छ ।

आज सोमबार बोर्डका सीईओ डा. रेग्मीलाई मन्त्रालयमा बोलाएर पर्यटन मन्त्री प्रेम आलेले शनिबार त्रिभुवन विमानस्थलमा भन्सारका कर्मचारीसँग भएको घटनाबारे जानकारी लिएका थिए ।

सो क्रममा मन्त्रालयको तर्फबाट दुर्व्यवहार भएको भनिएका भन्सारका कर्मचारीसँग समेत टेलिफोनमा कुराकानी गरिएको छ । मन्त्रालय स्रोतका अनुसार दुबै पक्षसँग कुराकानी गरेसँगै मन्त्रीले बोर्डका सीईओसँग लिखित स्पष्टीकरण माग गर्न निर्देशन दिएका छन् ।