• मंसिर १४ २०८१, शुक्रबार

लौ हेर्नुस संसारको सबैभन्दा ठुलो आलु, कति छ यसको तौल ?

कार्तिक २२ २०७८, सोमबार

काठमाडौँ । माटोभित्र फल्ने एउटा आलु कति ठूलो हुन सक्ला ? १ किलो, २ किलो, ३ किलो वा ४-५ किलो ? एउटै आलुको तौल कतिसम्मको हुन सक्ला ? अगाडी भनिएका आलुका हुन सक्ने तौलहरुबारे तपाईंले कुनै एक अनुमान गर्नु भएको छ भने तपाईं गलत हुन सक्नु हुन्छ । किनभने विभिन्न रेकर्ड बन्ने क्रममा यस संसारमा यसपटक आलुले संसारमा नयाँ रेकर्ड बनाएको छ ।

यसपटक पृथ्वीमा फलेको आलु झण्डै आठ किलोको देखिएको छ । न्युजिल्याण्डमा फलेको सो आलुले यसपटक आफूलाई झण्डै आठ किलोको बनाएको हो । न्युजिल्याण्डको वाइकाडो एरियाको न्गाहिनापोउरी बस्ने एक जोडीले आफ्नो करेसाबारीमा फलेको आलु झण्डै आठ किलोको बनेको बताएका हुन् ।

कोलिन र डोन्न क्रेग ब्राउन दम्पतीले आफ्नो करेसाबारीमा अरु आलुका बोटहरु भन्दा भिन्नै स्याहार सुसार नगरिकनै उक्त आलु फलेको बताएका हुन् । कोलिन र डोन्न क्रेग ब्राउन दम्पतीले आफ्नो करेसाबारीमा फलाएको यही आलु माटोबाट निकाल्न बित्तिकै ७ किलो ९ सयग्राम जोखिएको छ ।

अहिले यै आलु नै अहिलेसम्म फलेको संसारको सबैभन्दा ठूलो आलु हुनसक्ने अनुमान लगाइएको छ । सो आलुलाई विश्व किर्तिमानको लागि अभिलेखिकरण गर्न प्रकृया अगाडी बढाइएको छ । यस भन्दा पहिले बेलायतमा त्यहाँका किसान पिटर ग्लेजब्रुकले फलाएको आलु सन् २०११ मा ४ किलो ९ सय ८० ग्राम तौलको बनेको थियो । बेलायती नगारिकले फलाएको त्यही आलुलाई नै अहिलेसम्म संसारको सबैभन्दा ठूलो आलुको रुपमा रेकर्ड कायम गरिएको छ ।

अभिलेखिकरण प्रकृयाबाट रेकर्ड ब्रेक होउञ्जेल न्युजिल्याण्डको यो आलु सुकेर उसको तौल घट्ने हो कि भन्ने चिन्ता समेत बढेको छ । किन कि सो आलुको तौल जमिनबाट निकालिएको समयको भन्दा अहिले १ किलो घटिसकेको छ । संसारको सबै भन्दा ठूलो आलुको रेकर्ड आउञ्जेलसम्म सो आलुलाई रेफ्रीजरेटरमा राखिएको छ ।