काठमाडौं । बलात्कारको आरोप लागेका नेपाल फ्रेट फरवार्डर्स (कार्गो) एशोसिएसनका अध्यक्ष मनोज अधिकारी पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले अधिकारीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए ।
महानगरीय प्रहरी वृत्त मालिगाउँले अधिकारीलाई कात्तिक १६ गते बलात्कार आरोपमा ठमेलबाट पक्राउ गरेको हो ।
आफूमाथि बलात्कार गरेको भन्दै कात्तिक ८ गते किशोरीले उनीविरूद्ध जाहेरी दिएकी थिइन् ।
जाहेरीको परेको आठ दिनपछि प्रहरीले उनलाई ठमेलबाट पक्राउ गरेको हो ।
जाहेरी परेपछि मालिगाउँको टोलीले उनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ, प्रहरी उपरीक्षक बस्नेतले भने ।
उनीमाथि मालिगाउँ वृत्तले हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको छ ।